धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

वसन्ता क्षेत्रमा हुलाकी सडक निर्माण कार्य थालियो

वसन्ता क्षेत्रमा हुलाकी सडक निर्माण कार्य थालियो

धनगढी । वसन्ता जैविक मार्गमा पर्ने रुखका कारण रोकिएको हुलाकी सडक निर्माण कार्य रुख कटान सकिएसंगै अघि बढेको छ ।

वन मन्त्रालयले वसन्ता क्षेत्रमा पर्ने १ सय २१ वटा रुख काट्ने अनुमति दिए संगै रोकिएको दुई किलो मिटर सडक निर्माण थालिएको हुलाकी सडक परियोजना कार्यालय धनगढीले जनाएको छ ।

हुलाकी सडक परियोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैका अनुसार वन विभागबाट २०७७ चैत महिनामै रुख कटानिका लागि आदेश पाइएको थियो । जेठमा केही रुख कटान भएपनि बर्षाका कारण सवै रुख कटान हुन सकेको थिएन ।

बाँकी रहेका रुखहरु कटान गरेर पुसदेखी वसन्ता करिडोर क्षेत्रमा सडक निर्माण कार्य थालिएको इन्जिनिय मडैले बताए । एक सय २१ रुख मध्य २५३० वटा रुख कटान हुन बाँकी रहेका थिए, इन्जिनियर मडैले भने,‘मंसिरमा ती रुख कटान गरेसंगै पुस देखि सडक निर्माण कार्य थालिएको हो । वन विभागले सुरुमा २०७७ फागुनमै रुख काट्न आदेश दिने भनेपनि प्रक्रिया लम्बिएर चैतमा मात्रै कटान आदेश दिएका कारण रुख कटानीमा ढिलाई भएको मडैले बताए ।

वन मत्रालयले २०७७ फागुन ११ गते रुख कटानका लागि अनुमति दिएको थियो । त्यस पश्चात रुखको लगत संकलन गरेर केन्द्रमा पठाउनु पर्ने र केन्द्रबाट फेरी आदेश आउन समय लागेको उनले बताए ।

वसन्ता क्षेत्रमा पर्ने १८ किलोमिटर लामो सो सडक निर्माणका लागि टुडीपुडाचन्द्राबसन्ता जेभीले ३१ करोड ५७ लाख रुपैयामा ठेक्का पाएको छ । दुई किलोमिटर अवरुद्ध वसन्ता करिडोर बाहेक सडक क्षेत्रको प्रगति हालसम्म ९० प्रतिशत पुरा भइसकेको इन्जिनियर मडैले बताए ।

अबरुद्ध दुई किलोमिटर सडक खण्डमा अहिले माटो भरान र रोलिङ गर्ने कार्य भइरहेको बताउँदै इन्जिनियर मडैले चैत सम्ममा सो क्षेत्रमा सडक कालोपत्रे गरिसक्ने लक्ष्य रहेको बताए । सो सडकमा  जनावरलाई हिड्ने अण्डर पास समेत निर्माण थालिएको उनले बताए ।

अण्डरपास बाट ससाना जनावर मात्रै हिड्न सक्दछन्, मडैले भने, ‘ठुला जनावर ओहोर दोहोरका लागि ओभर पास (आकासे बाटो) बनाउनु पर्दछ, त्यसका लागि अलग्गै ठेक्का हुनेछ ।

उनका अनुसार आकासे पुलकालागि सोही सडक खण्डको जमुनी नदी क्षत्रलाई छनौट गरिएको छ । तर पुलका लागि ठेक्का भने हुन सकेको छैन । जनावरलाई हिड्न बनाइने पुल ५ सय मिटर सम्म चौडाई हुने भएका कारण बढी खर्चिलो हुने उनको भनाई छ ।

अहिले सो क्षेत्रमा अन्तराष्ट्रिय स्तरको जनावर हिड्ने आकासे पुल निर्माण गर्ने प्रस्ताव गरिएको छ, उनले भने, ‘सो पुल निर्माण गर्न २५ देखि ३० करोड खर्च हुन सक्ने देखिन्छ, अहिले आवश्यक अध्यन भइरहेको छ । जनावर हिड्ने पुल प्रकृति मैत्री हुनुपर्ने र सो पुलमा जनावर सहजै तरिकाले हिड्न सक्ने हुनुपर्ने उनले बताए ।

हुलाकी सडकको कुल लम्बाई धनगढीभजनीसत्तीसम्म ६२ किलोमिटर रहेको छ । सन २०१० बाट कैलालीमा हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो ।

कान्द्राको पुल बन्नेमा आशंका

हुलाकी सडक खण्ड अन्तरगत भजनी नगरपालिका स्थित कान्द्रा नदीमा निर्माण धिन पुल ८ बर्ष देखि बन्न सकेको छैन । सुरुवाति चरणमा डिजाईन परिवर्तन हुदा लम्बिएको पुल निर्माण कार्य अहिले भने ठेकदारको लापर्वाहीका कारण बन्न नसकेको हुलाकी सडक आयोजनाका इन्जिनियर पदम मडैले बताए ।

ठेकदार कम्पनिले चैत सम्म पुल निर्माण गरेर सक्ने प्रतिबद्धता जनाएको  छ, मडैले भने, ‘यदी चैत सम्म पुल बनेन भने ठेक्का सम्चझौता तोडेर ठेकदारलाई कालोसुचिमा राख्ने प्रक्रिया अघि बढाइने छ । पुल निर्माणका लागि तीन पटक म्याद थप गरिएको उनले बताए ।

पुल निर्माणका लागि लामा, साल्पा छर्पा कन्ट्रक्सने जेभिले ४ कोरेड ४२ लाखमा ठेक्का पाएका थिए । २०७१ मो ठेक्का सम्झौता भएको पुल २०७५ सषाढ सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने गरी सम्झैता भएको थियो ।