धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

काँग्रेस कैलालीको जिल्ला सचिवमा अमृत विसी किन ?

काँग्रेस कैलालीको जिल्ला सचिवमा अमृत विसी किन ?

धनगढी । नेपाल तरुण दलबाट राजनीतिका यात्रा तय गरेका अमृत बिसीले कैलाली जिल्ला कार्यसमिति सचिव पदमा उमेदवारी दिने घोषणा गरिसकेका छन् । २०४८ साल देखि राजनीतिमा सक्रिय बिसी २०५५ सालमा नेपाल तरुण दलको जिल्ला सदस्य भएका थिए ।

विद्यार्थी राजनीतिबाट आएका उनले विधि, पद्धति र प्रकृयालाई अँगाल्दै जिल्लाका १ सय २६ वटै वडाबाट आफूलाई योग्य ठानेको दाबी गरेका छन् । गतिशील कांग्रेस, प्रविधिमैत्री पार्टी र पार्टीलाई सर्वश्रेष्ठ बनाउन आफ्नो उम्मेदवारी रहेको उनि बताउँछन् । बिसीको काँग्रेस सभापति शेर बहादुर देउवा र नेत्री आरजु राणा देउवासँग नजिकको सामिप्यता छ ।

उनले पार्टीमा मागि खाने हैन पार्टीमा इमानदार  कर्तव्य निष्ठावान युवाहरुको उचित स्थान सुरक्षित गर्न, युवा नेतृत्वको विकास गर्ने, जातीय, धार्मिक, भाषिक विविधतालाई सम्मान र संरक्षण गर्न, काँग्रेसलाई आउँदो स्थानीय, प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा विजयी बनाउन आफुले उम्मेदवारी दिएको बताउँदै आएका छन् ।