धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

जेष्ठ नागरिकलाई तिरस्कार गर्ने प्रवृति बढ्यो : बम

जेष्ठ नागरिकलाई तिरस्कार गर्ने प्रवृति बढ्यो : बम

धनगढी । सुदूरपश्चिम प्रादेशिक आयुवेदिक चिकित्सालयका निर्देशक डाक्टर खगेन्द्र बमले जेष्ठनागरिक प्रति सम्मान हुन नसकेको भन्दै युवा वर्गलाई नैतिकता सिकाउनु पर्नेमा जोड दिएका छन् । धनगढी स्थित रामजानकी मन्दिमा आयोजित प्रथम जेष्ठ नागरिक राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै निर्देशक बमले जेष्ठ नागरिकलाई सवैले सम्मान गर्नुपर्नेमा जोड दिए । युवा अवसथामा अरुको सहाराम कम आवश्यक पर्ने भन्दै उनले वृद्धअवस्थामा नागरिकलाई अरुको सहाराचाहिने भएपनि समाजले भने तिरस्कारको भावनाले हेर्नेगरेको बताए ।

पछिल्लो पिढीका युवामा कुलतमा फस्ने र जेष्ठ नागरिकलाई तिरस्कार गर्नेप्रवृति देखिन थालेको छ, बमले भने, ‘यसलाई रोक्नु जरुरी देखिन्छ, युवालाई कुलतबाट मुक्तगरी नैतिकताको पाठ सिकाउनु आवश्यक छ । पद र प्रतिष्ठालाई मात्रै समन गर्ने तर व्यक्तिको पद र प्रतिष्ठा गुमेपछि वेवास्ता नगर्ने प्रवृति रहेको उनले बताए । कुनै व्यक्ति पद र प्रतिष्ठामा छ भने उसको वरीपरि सवै हुन्छन्, उनले भने, ‘तर व्यक्तिको पद सकियपछि सवैले मुख फर्काउँछन्, यो प्रवृति राम्रो हैन, हामी सवै मिलेर जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्दछ ।,

सरकारले पनि जेष्ठ नागरिकलाई आवश्यक सेवा दिन नसकेको उनले बताए । सामाजिक सुरक्षा भक्ता दिएर केही सहज गराइएको भएपनि जेष्ठ नागरिकलाई जटिल प्रवृतिको रोग लाग्दा उपचारमा समस्या हुने गरेको उनले बताए । निर्देशक बमले जताततै बालरोग अस्पताल खोलिए जस्तै जेष्ठ नागरिक अस्पताल खोलिनु पर्ने बताए ।

कार्यक्रममा अधिबक्ता बिरबहादुर जेठाराले जेष्ठ नागरिक ऐन बनेपनि त्यसको प्रभावकारी कार्यान्वनय हुन नसकेको बताए । सरकारले निर्माण गरेको जेष्ठ नागरिक ऐन २०६३ कार्यान्वनय गर्दै जेष्ठ नागरिकलाई जिउन सहज बनाइनु पर्नेमा उनले जोड दिए । हरेक जेष्ठ नागरिकले युवा अवस्थामा राष्ट्र निर्माणका लागि धेरै योगदान गर्ने गरेको भन्दै उनले ती युवा वृद्ध हुदा सरकारले उनिहरुको सेवा गर्नुपर्नेमा अधिवक्ता जेगाराले जोड दिए ।

दुई जना सम्मानित

प्रथम जेष्ठ नागरिक राष्ट्रि दिवसका अवसरमा दुई जन जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

दिवसका अवसरमा जेष्ठ नागरिक जिल्ला संघ कैलाली र जानकी यज्ञ नागरिक दिवा सेवा केन्द्र धनगढीले आयोजना गरेको कार्यक्रममा धनगढी उपमहानगरपालिका५ की पुन्नीदेवी चौधरी र फूलवारीका जगन्नाथ चापागाई सम्मानित भएका हुन् ।

दुवै जनालाई दोषल्ला होढाउादै प्रमाणपत्र सहचि सम्मानित गरिएको जेष्ठ नागरिक जिल्ला संघ कैलालीका अध्यक्ष गणेश बहादुर खड्काले बताए ।