धनगढी पोष्ट
मङ्गलबार, १३ पुष २०७८ मा प्रकाशित
धनगढी । बझाङबाट धनगढी आउँदै गरेको जीपमा १६ किलो चरेस ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–११ का २८ बर्षिय वीर बोहरा र सोही ठाउँका ४० बर्षिय गमिलाल बोहरा रहेका छन् ।
सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ७१८ नम्बरको जीपमा चेकजाँच गर्दा १६ किलो चरेस फेला परेको प्रहरीले जनाएको छ ।
कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जीपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाह जोशीले बताए ।