धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा बर्षा संगै हिमपात भएको छ । बर्षा संगै पहाडी जिल्लाका हिमाली क्षेत्रमा भारी हिमपात भएको छ भने पहाडी क्षेत्रमा सामान्य हिमपात भै रहेको  छ  ।

असोज र कार्तिक महीनामा आएको बेमौसमि बर्षाले जिल्लाका धेरै स्थानीय तहहरुले निर्माणगरेका सिचाई कुलाहरु तहन नहस भएपछि अधिकांस स्थानीयको खेती योग्य जमिनहरु बाँझै रहेक थिए । लगाउको बाली समेत विग्रने चिन्तामा परेका यहांका किसानलाई बर्षाले धेरै राहत पुर्याएको छ ।

बझाङ, बैतडी, बाजुरा, दार्चुला लगायत देशभर हिमपात भएको छ । बझा ङस्थित साईपाल गाउपालीका धुलीका बसन्त बहादुर बोहराले पाटन तिर बाक्लो हिउ परेको र गाउँमा समेत हिमपात सुरु भएको बताए ।

बर्षा र हिमपात संगै जिल्लामा जाडो पनि ह्वातै बढेको छ । हिमाली गाउपालीकाहरुमा हिउं जम्न थालेका कारण दैनिक जनजीवन निकै कष्टकर भएको छ । हिउं जमेको र जाडो बढन थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको सुर्मागाँउपालिका १ का स्थानीय बसन्ती बोहराले बताईन ।

जाडोले केटाकेटी र बृद्धबृद्धा बढी समस्यामा परेका उहाँको भनाई छ । कोही पनि घरबाहिर निस्कन सकेको छैनन । उनले भने पशुबस्तुको आहारा र चरनको पनि समस्या भएको छ