धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ मनाइँदै

सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ मनाइँदै

धनगढी । सुदूरपश्चिम प्रदेशमा पुसे पन्ध्र मनाइँदैछ ।

प्रदेशका सवै जिल्लामा पुस १५ लाई पर्वका रुपमा मनाइने गरिनछ । पुस १५ को अवसरमा गाउँलेहरु एकठाउँमा ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ ।

यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ ।

माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको दिपायल सिलगढी नगरपालिका४ पिपल्लाका स्थानीयवासी रामबहादुर विष्टले बताए । उनले भने, ‘माटोमुनि उम्रिने चिज खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउने भएकाले आजका दिन प्रायः सबैले खाने चलन छ, आजको दिन यहाँ रमाइलो गरिन्छ ।

पुस १५का अवसरमा सुदूरपश्चिमेलिले वन जङ्गलमा काम नगर्ने र बञ्चरो, हँसिया, घाँसपात, दाउरा बान्ने डोरी आदिको पनि पूजा गर्ने चलन रहेको अर्का स्थानीय शिवबहादुर कामीले बताए ।

उनका अनुसार अपुस १५ मा सबै नागरिक घरमा लगाएको र जङ्गलमा पाइने तरुल कोरेर खाने गर्दछन् । तरुल खानैपर्ने मान्यताअनुरूप यहाँका शहरबजार क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गदर्छ ।

पूर्वजका पालाका पौराणिक कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ ।