धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

कांग्रेस कैलाली सभापतिका लागि ६ जना आकांक्षि

कांग्रेस कैलाली सभापतिका लागि ६ जना आकांक्षि

धनगढी । नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेसन नजिकिदै गर्दा पदाधिकारीका आकांक्षि बढ्नथालेका छन् ।

पौष २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिका लागि हाल सम्म ६ जना आकांक्षि देखिएका छन् । कांग्रेस कैलालीको सभापतिका लागि वर्तमान उपसभापति प्रकाश वम, पूर्व उपसभापति नरनारायण भट्ट, भीम बडुवाल, गणेश देउवा, खेमराज चौधरी र नवराज रावल आकांक्षि देखिएका छन् ।

जिल्ला सभापति नरनारायण शाह मनु प्रदेश महामन्त्री भएपछि कार्यबहाक सभापतिको जिम्मेवारी प्रकाश बहादुर बलमे १४ औँ जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषण गरिसकेका छन् । उनि संस्थापन पक्ष संग नजिक छन् ।

यसैगरी कांग्रेस कैलालीका पूर्व उपसभापति रायण भट्टले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी कांग्रेसको ११ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए । भट्ट हाल केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । उनि पनि संस्थापन पक्ष संग नजिक छन् ।

कांग्रेस कैलालीको १३ औं अधिवेशनमा सभापतिमा पराजित भीम बडूवालले यस पटक पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल बिद्यार्थी संघ कैलालीका सभापति समेत भइसकेका उनी देउवा निकट भएर राजनीति गदैृ आएका छन् । 

सभापतिका अर्का आकांक्षि गणेश देउवा पनि यस अघिको अधिवेशनमा सभापतिका लागि निर्वाचनमा होमिएका थिए । उनिले फेरी उम्मेदवारी दिने घोषणा गरेका छन् । कैलाली क्षेत्र नम्बर ४ वाट दोस्रो संविधान सभामा टिकट पाएका खेमराज चौधरी पनि अहिले सभापतिको लागि दौडमा छन् ।

उनी तत्कालीन अवस्थामा क्षेत्र नम्बर ४ को पार्टी सभापति समेत भएका थिए । संविधान सभामा ६ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभामा घटाएर ५ वटा निर्वाचन क्षेत्र तोकिएको थियो ।

कांग्रेस कैलालीको नेतृत्वका लागि नवराज रावल पनि आकांक्षि देखिएका छन् । उनी सामाजिक संघंस्थाहरूमा सक्रिय छन् । तीन कार्यकाल जिल्ला कार्यसमिति सदस्य रहेका उनी अहिले सभापतिको दौडमा छन् ।