धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
रष्ट्रिय सहकारी बैंकको १८ औं एकाई बार्षिक साधारणसभा

तीन खम्वे नीति व्यवहारमा लागु गर्नुपर्दछ : सभामुख

तीन खम्वे नीति व्यवहारमा लागु गर्नुपर्दछ : सभामुख

धनगढी सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले राष्ट्रको अर्थतन्त्रलाई सवल बनाउन अवलम्बन गरिएको तीन खम्बे अर्थ नीतिलाई व्यवहारमा लागु पर्नु पर्नेमा जोड दिएका छन्

अर्थतन्त्रलाई बलियो बनाउने तीन स्तम्भ मध्य एउटा स्तम्भ सहकारी संस्था रहे पनि त्यस तर्फ खासै ध्यान नगएको बताउँदै सभामुख थापाले नीतिलाई व्यवहारमा लागु गर्नु अहिलेको आवश्यकता भएको बताए

राष्ट्रिय सहकारी बैंकको  १८ बार्षिक साधारणसभा अन्तरगत धनगढीमा सम्पन्न सुदूरपश्चिम स्तरिय एकाई सभा उद्घाटन गर्दै सभामुख थापाले सहकारीको विकास गरिनुपर्छ भन्दै सवैले बोल्ने गरेको तर त्यसलाई व्यवहारमा लागु नगरिदा समस्या भएको बताए

तीन वटै सरकारमा रहेका जिम्मेवार व्यक्तिहरुले सहकारी अर्थतन्त्रको एउटा खम्बा हो यसको विकास गरिनुपर्दछ भन्दै बोल्ने गरेका छन्, सभामुख थापाले भने, ‘तर त्यस अनुसारको काम कुनै पनि सरकारबाट भएको छैन, अव साच्चै सहकारीलाई अर्थतन्त्रको एउटा बलियो खम्बा बनाउनेगरी काम हुनु जरुरी , त्यसका लागि तीन वटै सरकारबाट सहकारी मैत्री काम हुनु पर्दछ

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङले सहकारी संस्थालाई उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गरे सहकारी संस्था बचत तथा ऋणमा मात्रै केन्द्रित हुन थालेका भन्दै मन्त्री तामाङले बचत ऋणमा लगानी गरेर मात्रै सामाजिक रुपान्तरण गर्न नसकिने बताए

सहकारीको उद्देश्य सामाजिक रुपात्नरण आर्थिक सवलिकरण गर्नुहो, मन्त्री तामाङले भने, ‘त्यसका लागि उत्पादनशिल क्षेत्रमा लगानी गर्नु जरुरी , उत्पादन क्षेत्रमा लगानी गर्दा रोजगारीका अवसर समेत  सिर्जना हुन्छन्

मन्त्री तामाङले सहकारीका माध्यमबाट स्वरोजगार आत्मनिर्भर बनाउन प्रदेश सरकारले एक अरब बजेट छुट्याएको बताए सो बजेट सहकारी संस्थालाई बलियो बनाउन, सहकारी मार्फत रोजगारीका अवसर सिर्जना गर्न स्थानीय उत्पादनलाई बजारिकरण गर्ने क्षेत्रमा लगानी गरिने मन्त्री तामाङले बताए उनले सहकारी संस्थालाई गाउँगाउँमा गएर शेयर सदस्य बनाउन समेत आग्रह गरेका छन्

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले सहकारीलाई उद्यमशिलतामा जोड्न तर्फ ध्यान दिनु आवश्यक भएको बताए सहकारी संस्था गाउँ टोलमा रहेर सञ्चालन भइरहेका भन्दै मेयर वडले गाउँ केन्द्रित सहकारी संस्थालवाई उद्यमशिल बनाउन सके रोजगारी बढ्ने अर्थतन्त्रमा टेवा पुग्न सक्ने बताए

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीतले संस्थाको प्रगति विवरण आफ्नो कार्यकालमा ४४ शाखा थप गरेको बताए आफु अध्यक्ष हुँदा २४ शाखा रहेकोमा अहिले राष्ट्रिय सहकारी बैंका ६८ शाखा रहेका थप शाखा विस्तार गर्नेकाम भइरहेको उनले बताए

पूँजीको आकार बढ्दै जाँदा संस्थाले सहकारीलाई छोड्ने हैन भन्ने प्रश्न आउन थालेका भन्दै उनले सहकारीलाई छोडेर अलग्गै बैंक स्थापना नगरिने बताए धेरै संस्था सहकारीका नाममा स्थापना भएर पछि बैंकमा रुपान्तरण भएका छन्, उनले भने, ‘तर राष्ट्रिय सहकारी बंैङ्क सहकारीबाट अलग हुँदैन, सहकारी बाहेक अन्य क्षेत्रमा हामी लगानी पनि गर्दैनौं

विभिन्न व्यत्तित्व सम्मानित

राष्ट्रिय सहकारी बैंकको १८ औं एकाई साधारणसभाका अवसरमा सहकारी क्षेत्रको विकास प्रबद्र्धनमा टेवा पु¥याउने सुदूरपशिचमका संस्था तथा वयक्तिलाई सम्मानित गरिएको

सुदूरपश्चिममा नवजीवन सहकारी स्थापना गरी संस्थालाई बलियो बनाउन महत्वपूर्ण योगदान गरेको भन्दै नवजीवन सहकारी संस्थाका संस्थापक शेयर सदस्य खेमराज पाण्डेलाई सम्मानित गरिएको पाण्डे राष्ट्रिय सहकारी बैंकका सस्थापन अध्यक्ष स्व राजेश्वरी जोशीको स्मृतिमा स्थापना गरिएको पुरस्कार सहित सम्मानित भएका हुन्

यसैगरी बचत तथा ऋण बाहेकको व्यवसाय गरी समाज परिवर्तन गर्न महत्वपुर्ण योगदान पु¥याएउने संस्थाका रुपमा बाजुराको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मानित गरिएको , भने राष्ट्रिय सहकारी संस्थाको शखा स्थापना सञ्चालनमा महत्वपुर्ण योगदान पु¥याएवाफत कैलालीको लम्की स्थित लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मानित गरिएको कार्यक्रम सञ्चालन राष्ट्रिय सहकारी बंैकका केन्द्रिय अध्यक्ष केवि उप्रेतिको अध्यक्षतामा सम्पन्न भएको हो