धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

आयुर्वेद सेवा सम्बन्धी दुई दिने तालिम सुरु

आयुर्वेद सेवा सम्बन्धी दुई दिने तालिम सुरु

धनगढी । आयुर्वेद सेवा सम्बन्धी दुई दिने तालिम धनगढीमा सुरु भएको छ । प्रादेशिक आयुर्वेदिक चिकित्सालयको आयोजनामा सञ्चालित तालिममा प्रशासनिक, लेखा, सार्वजनिक खरिद, लगायत आयुर्वेद सेवामा कार्यरत कर्मचारी सहभागि रहेका छन् ।

तालिम उद्घाटन सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डाक्टर जगदिश जोशीले उद्घाटन गरेका छन् । प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बमको अध्यक्षतामा तालिम उद्घाटन भएको हो ।

प्राशासनिक लेखा, सार्वजनिक खरिद, लगायत कर्मचारी, जिल्लामा सञ्चालित आयुर्वेद चिकित्सालय, नागरिक आरोग्य सेवा केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिभृद्धि र सेवाको प्रभावकारीता बढाउन तालिम आयोजना गरिएको निमिक्त निर्देशक बमले बताए । तालिम उद्घाटन शत्रमा सामाजिक विकास मन्त्रालय चिकित्सा महाँशाखामा कार्यरत डाक्टर चेतराज जोशी अतिथी हरेका थिए ।

तालिममा डाक्टर चेतराज जोशी, जयन्द्र बोगटी, सत्यराज जोशी, डाक्टर कृष्ण बोहरा, सरस्वती घिमिरे, डाक्टर खगेन्द्र बहादुर बम र गजेन्द्र प्रसाद कुशवाहले प्रशिक्षण दिने छन् ।