धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढीमा रिकोभरको  अभिमुखीकरण सम्पन्न

धनगढीमा रिकोभरको  अभिमुखीकरण सम्पन्न

धनगढी   कोभिड १९ बाट प्रभावित समुदायको लागि पुनरुत्थान परियोजना (रिकोभर) को धनगढी उपमहानगरपालिका स्तरिय परियोजना अभिमुखीकरण तथा शुरुआती बैठक सोमबार सम्पन्न भएको

सो अवसरमा बेस कैलालीका संयोजक लक्ष्मण चौधरीले परियोजनाले कोभिडका कारण जागीर गुमाएर प्रवासबाट घर फर्केका दलित, सीमान्तकृतहरूको क्षमत बिकास जिविकोपार्जनका लागि काम गर्ने बताए

परियोजनाले स्वास्थ्य कृषि क्षेत्रलाई जोडेर काम अघि बढाउने उदेश्य राखेको संयोजक चौधरीले बताए

लुथरन वल्र्ड रिलिफ बेस कैलालीको साझेदारीमा कैलालीका धनगढी उपमहमानगरपालिका, गोदावरी नगरपालिका कैलारी गाउँपालिकामा सँचालन  हुन लागेको उक्त परियोजनाले तीन हजार घरधुरीलाई प्रत्यक्ष लाभ पुरयाउने लक्ष्य लिएको

उदेश्य प्राप्तिका लागि जनचेतना बिस्तार, कोभिड १९ त्यस्ता महाकारीको व्यवस्थापनको  क्षमता अभिबृद्धिमहामारीको सामना गर्न स्वास्थ्य प्रणालीलाई सबल बनाउन क्रियाकलाप सँचालन गरिनेछन्

धनगढी उपमहानगरपालिका वडा नम्बर  १२ कका अध्यक्ष गणेश प्रसाद जोशीले पालिकासँगको समन्वयमा नै परियोजना अघि बढाउन लागिएकोले पालिकाबाट आवश्यक सहयोग हुने बताए

कोभिडबाट धनगढीका देखि नम्बर वडाहरु बढी प्रभावित भएको  कृषि त्यसबाहेका अरु वडामा बढी हुने भएकोले वडाहरु सल्लाह गरेर छानिने बताए

उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख लोकराज उपाध्यायले पालिकासँग समन्वय गरेर सँचालन गर्न लागिएको कार्यक्रममा पालिकाको तर्फबाट  सक्रिय सहयोग रहने बताए

धनगढी उपमहागरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. कृष्ण बोहराले कोभिडको पुर्व तयारी कोभिड प्रभावितहरुका बारेमा पालिकाले कार्यक्रम सँचालन गरिरहेको बताउँदै यस्ता कार्यक्रमहरुले काम गर्नलथप सहज हुने बताए

कार्यक्रमा धनगढीका पडा नम्बर १२ का अध्यक्ष गणेश राज जोशीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सँचालन कोभिड फोकल पर्सन लक्ष्मी राज उपाध्यायलृ गरेका थिए