धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

ग्रिस दुर्घटना परी मृत्यु भएका कैलालीका लक्ष्मण सहित दुई जनाको शव सरकारी खर्चमा नेपाल ल्याइने

ग्रिस दुर्घटना परी मृत्यु भएका कैलालीका लक्ष्मण सहित दुई जनाको शव सरकारी खर्चमा नेपाल ल्याइने

धनगढी । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर मृत्यु भएका कैलालीका लक्ष्मण साप्कोटा र दोलखाका राजु लामाको शव नेपाल ल्याउन सरकारले खर्च व्यहोरेको छ ।

दुर्घटनामा परी कैलालीको गौरिगंगा नगरपालिका४ का ३७ बर्षिय लक्षमण साप्कोटा, भीमेश्वर नगरपालिका६ का ३० बर्षिय राजु लामा सहित ४ जनाको मृत्यु भएको थियने । उनीहरू श्रम स्वीकृति लिएर टर्की आएकाले श्रमिक कल्याणकारी कोषको रकम प्रयोग गरेर शव नेपाल पठाउने प्रक्रिया अघि बढेको नेपाली राजदूतावास भियनाले जनाएको छ ।

सोही दुर्घटनामा परेर आमाछोदिङमो गाउँपालिका३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका५ तनहुँका ओम भनिने उम बहादुर थापामगरको शव पठाउने खर्च भने व्यहोरिएको छैन । उनीहरु विना श्रम स्वीकृति अवैधानिक बाटो हुँदै ग्रिस पुगेको भन्दै राजदुतावासले खर्च नव्यहोरिएको हो । त्यसैले उनीहरुको शव नेपाल पठाउनेबारे टुंगो लागेको छैन ।

चारै जनाको शव डेढ महिनादेखि ग्रिसको टिचिङ हस्पिटल अफ आलेक्सएन्ड्रोपोलीमा राखिएको छ । शव नेपाल पठाउन जनही ३ हजार ८ सय युरो खर्च लाग्ने अनुमान छ ।

श्रम स्विकृति लिएर आएका दुई जना मृतकको शव नेपाल पठाउन लाग्ने खर्च ग्रिस पठाइसकेको अष्ट्रियामा रहेको नेपाली राजदूतावास भियनाले जनाएको छ ।

दुई जना टर्कीसम्म श्रम स्विकृति लिएर आउनुभएको हुँदा उहाँहरुको शव पठाउन नेपाल सरकारले खर्च उपलब्ध गराएको छ, नेपाली राजदूतावास भियनाका कार्यवाहक राजदूत डाक्टर ईला मैनालीले भनिन्, ‘सम्भवतः आज नै फ्लाइट बुक हुन्छ, शव निकाल्ने प्रक्रिया भइरहेको छ । बाँकी दुई जना (रमिला घले र उम बहादुर थापा)का लागि नेपाली समुदायले एनआरएनबाट पैसा उठाउँदै गरेको भन्ने सुनिएको उनले बताइन् ।

टर्कीदेखि ग्रिससम्म त चारै जना अवैधानिक रुपमा आएका थिए, खर्च व्यहोर्ने विषयमा किन भिन्नता भएको हो ? भन्ने जिज्ञासामा कार्यवाहक राजदूत मैनालीले कम्तिमा दुई जना श्रम स्वीकृति लिएर टर्कीसम्म आएको हुँदा श्रम मन्त्रालयले नै शव फिर्ता पठाउन रकम सबै व्यहोर्ने तर दुई जना वर्क परमिट नलिइकन अवैधानिक रुपमा आएको पाइएका कारण त्यस्तो केशमा रकम उपलब्ध गराउ नमिल्ने बताइन् ।