धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कञ्चनपुरमा बढ्नथाले कोरोना संक्रमित

कञ्चनपुरमा बढ्नथाले कोरोना संक्रमित

धनगढी । कञ्चनपुरमा कोरोना सक्रमितको संखया बढ्न थालेको छ । भारतमा कोरोनाको सक्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो संख्यामा वृद्धि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय सक्रमितको सङ्ख्या ४१ पुगेको छ । मङ्गलबारमात्रै १५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका आठ जनामा सक्रमण देखिएको छ ।

एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ जनाको नतिजा पोजेटिभ आएको छ भने पिसीआर विधिबाट गरिएको परीक्षणमा ६ जनाको नतिजा पोजेटिभ आएको छ । कोरोना परीक्षणको नतिजा पोजेटिभ आएकामध्ये एक जना महाकाली अस्पतालको आइसोलेशनमा छन्। बाँकी सबै होमआइसोलेशनमा छन् ।

यसैगरी सीमानाका त्रिनगर हुँदै नेपाल भित्रिएकाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजेटिभ आएको छ । हालसम्म कञ्चनपुरमा नौ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सक्रमित मध्य आठ हजार ८ सय २३ जना निको भएका छन् ।

कोरोना संक्रमणका कारण कञ्चनपुरमा २ सय ५ जनाको मृत्यु भएको छ । मङ्गलबारमात्रै सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका यात्रुको सङ्ख्या ४ सय ८२ रहेको छ । जसमा २ सय ९९पुरुष, एक सय महिला र ३२ जना बालबालिका रहेका छन् ।