धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

कांग्रेस कैलालीको जिल्ला अधिवेसन सर्यो

कांग्रेस कैलालीको जिल्ला अधिवेसन सर्यो

धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला अधिवेसन माघ १५ गते सम्मका लागि सरेको छ  । पुस २७ गते गर्ने भनिएको जिल्ला अधिवेसन राष्ट्रिय सभाको निर्वाचनका कारण सारिएको नेपाली कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ । कैलाली संगै देशभरका १६ जिल्लाको अधिवेसन समेत सरेको हो ।

राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखेर जिल्ला अधिवेशन सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले बताए । राष्ट्रिय सभा सदस्यको निर्वाचन १२ माघमा हुँदै छ ।

कैलाली, अछाम, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके र नवलपुरमा जिल्ला अधिवेशन हुन बाँकी छ । क्रियाशील सदस्यता विवादले १६ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको थिएन ।