धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

सुदूरपश्चिमका ८ जिल्लामा एमाले अधिवेशन हुँदै

सुदूरपश्चिमका ८ जिल्लामा एमाले अधिवेशन हुँदै

धनगढी । सुदूरपश्चिमका ८ जिल्लामा शुक्रबार एमालेको जिल्ला अधिवेशन हुँदै छ । बझाङमा मौसममा आएको समस्याका कारण अधिवेसन सारिएको छ । प्रदेशका बाँकी ८ जिल्लामा शुक्रबार अधिवेसन सुरु भएको छ ।

एमाले जिल्ला अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्वका लागि सवै जिल्लामा एक भन्दा बढी आकांक्षि देखिएका छन् । कैलाली जिल्लाको नेतृत्वका तीन जना आकांक्षी रहेका छन् । एमालेका वर्तमान अधयक्ष नेता रतन थापा, उापाध्यक्ष रणबहादुर चन्द र डेजी पाण्डेले अध्यक्षमा दावी गर्दै आएका छन् ।

यसैगरी कञ्चनपुरको नेतृत्व छनोटका लागि दुई जनाले दावी गर्दै आएका छन् । कञ्चनपुरमा एमालेका वर्तमान अध्यक्ष वीरबहादुर थापा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले अध्यक्षमा दावी गरेका छन् ।

यसैगरी डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउँद, अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य पदम पालले आकांक्ष देखाएका छन् । बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी देखिएका छन् ।

दार्चुलामा सहमति भए वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने दाउमा छन् । तर उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल र ज्ञानेन्द्र घर्तीले पनि अध्यक्षमा दावी गरेका छन् ।

यसैगरी बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् । अछाममा प्रकाश शाहले पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । उनीसँगै चन्द्र बोहरा र कृष्णप्रसाद जैशी पनि अध्यक्षका आकांक्षी छन् ।