धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सामुदायिक सहकारीद्धारा सुपथ मुल्य पसल सञ्चालन

सामुदायिक सहकारीद्धारा सुपथ मुल्य पसल सञ्चालन

धनगढी सामुदायिक बहुउद्धेश्यीय  सहकारी संस्था लिमिटेडले धनगढी उपमहानगरपालिकाको हसनपुरमा सुपथ मुल्य पसल सञ्चालन गरेको आफ्नो प्रथम साधारण सभाको अवसरमा उक्त सहकारीले स्थानीय उत्पादनलाई प्राथमिकता सदस्यहरुलाई  सहुलियत मुल्यमा उपलव्ध गराउने उदेश्यले सुपथ मुल्य पसल सञ्चालन गरेको हो

 खासगरि पहाड गाउँघरमा पाइने स्थानीय उत्पादनलाई संकलन गरेर उपभोक्तालाई सहज मुल्यमा उपलव्ध गराउने उदेश्य हो सहकारीका अध्यक्ष जनक राज पाण्डेयले भने उपभोक्तलाई स्थानीय उत्पादन उपलव्ध गराउने उत्पादनलाई बजार उपलव्ध गराउने काम सहकारीले गर्नेछ

अहिले शुरुआतमा पहाडका अचार, दाल, कोदोको पीठो, मह लगायतका दैनिक जीवनमा उपभोग हुने बस्तुहरु  सुपथ मुल्य पसलमा उपलव्ध हुने भविष्मा यसको दायरा बढाउँदै लैजाने अध्यक्ष पाण्डेयले बताए

  भविष्यमा  आफ्ना शेयर सदस्यहरुका उत्पादनको पनि बजारीकरणको कार्य पनि शुरु गरिने अध्यक्ष पाण्डेयले बताए

 सुपथ मुल्य पसलमा बजार मूल्य भन्दा देखि १० प्रतिशत सम्म छुट दिइएको सहकारीका उपाध्यक्ष कुबेर शाहीेले बताए।

 सुपथ मुल्य पसलको  भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका  सहकास् बिभागका देवराज पन्तले सुपथ मुल्य पसलको  उदघाटन गरेका हुन्

सो अवसरमा पन्तले सहकारीहले सदस्यहरुको हितमा काम गर्न आवश्यक रहेको बताए

 सहकारीका अध्यक्ष जनक राज पाण्डेले सहकारीलाई शेयर सदस्यहरुको हितमा परिचालन गर्ने कार्य अघि बढाइएको बताइए

 सचिव लोकेश भट्टले सँचालन गरेको उक्त कार्यक्रममा ज्योति बिकास बैक धनगढीका प्रवन्धक गोविन्द बोहरा सहकारीका उपाध्यक्ष कुबेर शाहीले मन्तव्य व्यक्त गरेका थिए

साधारण सभामा सहकारीको कोषाध्यक्ष कुन्जा भट्टले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्