धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बलात्कारको घटना लुकाएको आरोपमा जनप्रतिनिधी र शिक्षक पक्राउ

बलात्कारको घटना लुकाएको आरोपमा जनप्रतिनिधी र शिक्षक पक्राउ

धनगढी । कैलालीमा बलात्कार जस्तो जघन्य अपराधलाई ढाकछोप गर्न खोजेको आरोपमा जनप्रतिनिधी, शिक्षक सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई रहेका छन् । मंसिर १५ गते स्थानीय ७७ बर्षिया महिला माथी भएको बलात्कारको घटना ढाकछोप गर्न भूमीका खेलोको आरोपमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए ।

घोडाघोडी स्थित ७७ बर्षिया महिला माथी बलात्कार भएको थियो, प्रहरी प्रबक्ता जोशीले भने, ‘मंसिर १५ गते बलात्कार हुँदा पुस १२ गते मात्रै उजुरी आए पछि अनुसनधान गर्दा वडा सदस्य सहित पाँच जनालाई पक्राउ गरेर छानविन थालिएको छ ।

उनका अनुसार पिडित महिलाका छोराले पुस १२ गते मात्रै इप्रका सुख्खडमा बलात्कार भएको भन्दै उजुरी दिएका थिए । मंसिर १५ गते भएको घटनामा उजुरी दिन किन ढिलाई भन्ने प्रश्नमा पिडित पक्षले जनप्रतिनिधी र शिक्षकको दवाबका कारण ढिलाई भएको भन्ने जवाफ दिएको प्रहरी प्रबक्ता जोशीले बताए ।

प्रहरी प्रबक्ता जोशीले आर्थिक लेनदेनको विषयमा कुरा नमिलेका कारण घटना ढिलागरी मात्रै बाहिरिएको हुन सक्ने बताए । सुरुमा तीन लाखमा कुरा भएको देखिन्छ, प्रबक्ता जोशीले भने, ‘तर पछि भनेजनि पैसा नपाइएपछि आफन्त प्रहरीकहाँ पुगेका हुन सक्छन्, यस विषयमा थप अनुसनधान भइरहेको छ । पिडित पक्षले भने जनप्रतिनिधीको दवावका कारण उजुरी दिन ढिलाई भएको भन्ने जवाफ दिएका छन् । घटनामा संलग्न भएको आसंका गरिएका ३÷४ जना भने अझै पक्राउ परेका छैनन् ।