धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

हिमशिखर सहकारीले साढे १२ प्रतिशत लाभांश बितरण गर्ने

हिमशिखर सहकारीले साढे १२ प्रतिशत लाभांश बितरण गर्ने

धनगढी   हिमशिखर बहुउद्धेश्यीय सहकारी सँस्था लिमिटेडले शेयर सदस्यहरुलाई साढे १२ प्रतिशत लाभांश दिने निर्णय गरेको

सहकारीको आइतबार धनगढीमा भएको सहकारीको १२ औं साधारण सभाले आर्थिक बर्ष २०७७।२०७८ को आयबाट  साढे १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो

 सहकारीको बार्षिक् प्रतिवेदन  पेश गर्दै अध्यक्ष दुर्गा प्रसाद भण्डारीले  गत आर्थिक बर्ष २०७७।२०७८ मा ९२ लाख ३२ हजार  खुद नाफा गरेको बताए

 सहकारीले हालसम्म ४३ करोड १४ लाख ऋण लगानी गरेको ३६ क।ोड ७३ लाख लगानी गरेको

अघिल्लो आर्थिक बर्षमा सहकारीले ३७ लाख ७० हजार शेयर बृद्धि गरेर शेयर पुजी करोड ५५ लाख १२ हजार पुरयाएको

१३ बर्ष अघि स्थापना भएको हिमशिखरका २३ हजार भन्दा बढी शेयर सदस्य रहेका छन्

 सो अवसरमा सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारीले  सहकारीहरुले सदस्यहरुको हितमा काम गर्न सक्नु पर्ने बताए

सुदुरपश्चिम सरकारले सहकारीहरुलाई गरिबी निवारणसँग जोड्ने योजना बनाएको बताउँदै मन्त्री सोडारीले सहकारीहरु अझ बढी  सदस्य केन्द्रित हुनु पर्ने बताए

राष्टिय सहकारी महासँघका पुर्व सँचालक भोज बहादुर बमले सहकारीहरुले  सामाजिक आर्थिक बिकासमा महत्वपुर्ण भुमिका निभाइरहेको भए पनि सरकारले त्यसको महत्व बुझ्न नसकेको बताए

 सहकारीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  जिल्ला सहकारी सँघ कैलालीका अध्यक्ष फणिन्द्र सापकोटा, कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र शर्माबसन्ती भण्डारी, बद्रिबिक्रम बिष्टले मन्तव्य व्यक्त गरेका थिए   सचिव बिमल जोशीले सँचालन गरेको उक्त कार्यक्रममा  स्वागत मन्तव्य उपाध्यक्ष रोशन सिंहले व्यक्त गरेका थिए