धनगढी पोष्ट
सोमबार, २६ पुष २०७८ मा प्रकाशित
काठमाण्डौं । सीसीएमसीको सिफारिस बमोजिम सरकारले माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निणर्य गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने तयारी गरिएको बताए । ‘हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।’
जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सिसिएमसिसीले शिक्षा मन्त्रालयमार्फत निर्णय गराएर संघीय मामिला तथा सामान्य प्रशासन हुँदै प्रदेश र स्थानीय तहलाई सिफारिस गर्न भनेको हो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।