धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

हिमशिखर बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः भण्डारी चयन

हिमशिखर बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः भण्डारी चयन

धनगढी । धनगढी स्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः दुर्गा प्रसाद भण्डारी निर्बिरोध चयन भएका छन् ।

सहकारीको १३ औं बार्षिक साधारण सभाले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा रोशन सिंह, सचिवमा विमल कुमार जोशी, कोषाध्यक्षमा लक्ष्मीराज भट्ट चयन भएका छन् ।

यसैगरी सदस्यमा महेश जोशी, विष्णुदेवि पुरी, धिरेन्द्र शाही, तिलक बहादुर बोहरा, ऋषिकेश श्रेष्ठ, मेखराज भट्ट र पुष्पा देउवा चयन भएका छन् । साधारसभाले पुष्पराज ओझाको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिबेक्षण समिति गठन गरेको छ । सो समितिको सदस्यमा निमप्रसाद मिश्र र खेमराज अवस्थी चुनिएका छन् ।