धनगढी पोष्ट शुक्रबार, २९ चैत २०८१   April 11, 2025

बारामा मास्क नलगाउनेलाई शय रुपैया जरिवाना

काठमाण्डौं

    बारा जिल्लामा  घर बाहिर निस्कदा मास्क लगाउन अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरेर मास्क अनिवार्य गर्दै जरिवानाको चेतावनी दिएको

  जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउने प्रत्येक व्यक्तिलाई असार १९ देखि एक शय रुपैयाँ जरिवाना गराउने भएको  

   बजार क्षेत्रमा रहेका पसल, पसलमा आउने ग्राहक, मोटरसाइकल तथा साइकलमा सवार यात्रु  तथा पैदल यात्रीलाई समेत मास्क अनिवार्य गरिएको

   संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार प्रशासनले मास्क नलगाउनेलाई जरिवाना लगाएको हो प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार दिन सचेतना अभियान चलाएपछि यो नियम लगाइने

   लकडाउन खुला भएको मौका छोपेर मानिसहरु मास्क नलगाई हिँड्न थालेपछि प्रशासनले यो कदम चालेको हो कोरोना भाइरसका कारण बारामा दुई जनाको मृत्यु भएको भने १९ जना संक्रमित अहिले आइसोसनमा छन् त्यसैगरी १९१ जना क्वारेन्टाइनमा छन्