धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सेतीको परिक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५ जनाको स्वाव परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए । बुधबार सम्म हाल अस्पतालमा १३ कोरोना संक्रमित उपचाररत रहेको छ । जसमध्ये ३ जनाको आइसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।