धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

ठेकेदारको लापरबाहीका कारण विद्युत विस्तारमा ढिलाई

ठेकेदारको लापरबाहीका कारण विद्युत विस्तारमा ढिलाई

धनगढी । डोटीको बडीकेदार गाउँपालिकामा ठेकदारको लापर्वाहीका कारण दुई बर्ष सम्म पनि विद्युत विस्तार हुन सकेको छैन । बडीकेदार गाउँपालिका१ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि ठेकेदारले विदुत लाईन विस्तार गर्न ढिलाई गर्दा गाउँमा विजुली बल्न सकेको छैन ।

बिजुली बत्ती अभावका कारण सो वडाका स्थानीय देखि सरकारी कामकाजमा समेत समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो ।

अहिलेसम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको स्थानीय रोजबहादुर कलेलले बताए । बिपीनगर बजारबाट गाउँपालिकासम्म विद्युत् विस्तारका लागि प्रधिकरणको दिपायल वितरण केन्द्रले बोलपत्र आह्वान गरेको थियो ।

कापडी गाडबाट निकालिएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो पालिकामा विद्युत् विस्तारका लागि  भगवती कन्सट्रक्सन दिपायलले पोल र तार तान्ने ठेक्का पाएको थियो । अहिलेसम्म कामको सुरुआत हुन सकेको छैन ।

विद्युत् विस्तारको जिम्मा पाएको कम्पनीले भने समयमै विद्युत् प्राधिकरणबाट सामान नपाउँदा काममा ढिलाइ भएको जनाएको छ । पोल र तार जताततै फालिएका अवस्थामा छन् ।