धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा १९९ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा १९९ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा ३ सय २९ जनाको स्वाव परिक्षण गर्दा १ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिललो २४ घण्टामा थप १ जना संक्रमित अस्पताल भर्ना भएका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार मंगलबार सम्म अस्पतालमा १८ जना संक्रमितको उपचार भइरहेको छ ।