धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

छोरी बेपत्ता पारेको आरोपमा भारतमा नेपाली युवक पक्राउ

छोरी बेपत्ता पारेको आरोपमा भारतमा नेपाली युवक पक्राउ

धनगढी । भारतमा आफ्नै छोरीलाई बेपत्ता पारेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ घर भएका ३८ बर्षिय दीपक कामी रहेका छन् ।

उनले भारतको पिथौरागढमा बिभिन्न प्रलोभन देखाएर दुष्कर्म गरेको र आफ्नै छोरीलाई बेपत्ता पारेको आरोप लागेको छ । कामीलाई पक्राउ गरी कानूनी प्रकृया अघि बढाएको छ । कामीबिरुद्ध पाँक्सो कानून अन्तर्गत मुद्धा दर्ता गरिएको बताइएको छ ।

उनले आफ्नै नाबालिक छोरीलाई बेपत्ता पारेको भन्दै एक स्थानीयले कोतवालीमा उजुरी गरेका थिए । प्रहरीले बेपत्ता बालिकालाई खोजतलास गरेर अभिभावकको जिम्मा लगाएका छन् । दीपकलाई भने पिथौरागढस्थित अदालतमा प्रस्तुत गरिएको छ ।