धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

लगातारको हस्सुका कारण जनजीवन कष्टकर

लगातारको हस्सुका कारण जनजीवन कष्टकर

धनगढी । कैलाली, कञ्चनपुरमा लगातारको हुस्सुका कारण जनजीवन कष्ठकर बन्न थालेको छ । चिसो बढ्पछि दैनिक ज्यालादारी गर्ने र सुकुम्बासी परिवार समस्यामा परेका छन् ।  चिसोका कारण तराई क्षेत्रमा विरामी समेत बढेका छन् ।

पछिल्लो समय चोसोबाट हुने विरामी अस्पताल आउने क्रम बढेको स्वास्थ्यकर्मीले बताएका छन् । यसैगरी लगातारको चिसोका कारण दैनिक ज्याला मज्दुरी गरेर जीविको पार्जन गर्ने समुदाय समेत मर्कामा परेका छन् । चिसोका कारण काममा जान सहिएके छैन, धनगढी३ की सरिता मिजारले भनिन्, ‘धेरै दिन यस्तै भए खाद्यान्न अभाव हुने चिन्ता बढेको छ ।

बाढी तथा विभिन्न कारणले विस्थापित भएकाहरू चिसोले झनै प्रभावित भएका छन् । कैलालीका विभिन्न क्षेत्रका शिविरमा बसोबास गरिरहेका उनीहरूलाई चिसोले रात कटाउन समेत मुस्किल हुन थालेको हो । ओढ्ने ओछ्याउने समेत पर्याप्त मात्रामा नभएका कारण आगो तापेर रात काट्नुपर्ने उनीहरू बताउँछन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१० बनहरा विशिर, कृष्णपुरका वैलकुण्डी शिविर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको ढक्का शिविरलगायत जिल्लाका आधा दर्जन बढी स्थानमा सुकुम्बासीका शिविरहरू छन् ।

ती शिविरमा बसोबास गर्नेहरू दिनभरि ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन् । चिसोका कारण मजदुरी गर्न नसकेपछि झनै समस्या भएको उनीहरू बताउँछन् । जहाँ मजदुरी पायो त्यहीँ जान्थ्यौं, दिनभरि काम गरेर साँझ पिठो चामल ल्याउँथ्यौं, शुक्लाफाँटा नगरपालिका१० बनहरा शिविरका गगन ताम्राकारले भने, ‘चिसो बढेपछि सबै ठप्प भएको छ, खान मात्रै होइन ओढ्ने ओछ्याउने लुगासमेत छैनन् ।

कैलाली कञ्चनपुरमा केही दिनयता घाम लागेको छैन । दिनभरि हुस्सु मात्रै लाग्ने गरेको छ । पुस अन्तिमसम्म दिउँसोको समयमा केहीबेर घाम लाग्ने गरे पनि तीन दिनयता घाम लागेको छैन । गत साता तीन दिनसम्म परेको लगातारको वर्षाले समेत चिसो बढेको हो ।

जलवायु तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयका अनुसार न्यूनतम तापक्रम १० डिग्री सेल्सियसका आसपास भए पनि दिनभरि घाम नलाग्दा चिसो बढी भएको हो ।