धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

स्वयंसेविकालाई आयुर्वेद तथा जडिबुटी सम्बन्धी अभिमुखिकरण

स्वयंसेविकालाई आयुर्वेद तथा जडिबुटी सम्बन्धी अभिमुखिकरण

धनगढी । आयुर्वेदिक सेवामा पहुँच बढाउन तथा स्थानीय स्तरमा पाइने जडिबुटीको परिचय गराई प्रबद्धन तथा संरक्षण गराउने उद्देश्य सहित धनगढी११ र १३ का स्वयंसेविकालाई आयुवेद तथा जडिबुटी सम्बन्धी अभिमुखिकरण गराइएको छ ।

सुदूरपश्चिम प्रदेश आयुवेर्दिक चिकित्सालयको आयोजनामा सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रममा २१ जना स्वयंसेविकाको सहभागिता रहेको थियो ।

अधिमुखिकरण कार्यक्रम उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले समुदायलाई स्वयंसेविकासले मात्रै सचेत गराउन सक्ने बताए । स्वयंसेविका समुदायमा घुलमिल हुनेगरेका कारण समुदायले उनिहरुको कुरा सहजै पत्याउँछ, मन्त्री खड्काले भने, ‘त्यसैले आयुर्वेद सेवाका बारेमा पनि अव स्वयंसेविकाले आफ्नो समुदायलाई सम्झाई बुझाई गर्नु पर्दछ ।

मन्त्री खड्काले कआयुर्वेदिक औषधी प्रणाली नेपालको पहिलो औषधी भएको बताए । आयुर्वेदिक औषधी सेवनले सरीरका अन्य भागमा कुनै नोक्सानी नगर्ने र रोगलाई जरै देखि निर्मुल गर्न सघाउ पु¥याउने गरेको बताउँदै मन्त्री खड्काले यो औषधी पद्धतिलाई पुनः सवैको पहँचमा ल्याउनु आवश्यक रहेको बताए ।

अहिले सजिलोका लागि एलोपेथिक औषधी प्रयोग गर्ने गरिएको छ, मन्त्री खड्काले भने, ‘तर यलोपेथिक औषधीले एउटा रोग निकोपार्दा सरीरको आर्को भागमा असर गरिरहेको हुन्छ, आयुवेदिक औषधीले त्यसतो असर गर्दैन, यसको प्रबद्धन गर्न स्वयंसेविकाको भूमिका अहम हुन्छ ।

कोरोना संकटमा पनि आयुर्वेदिक औषधी प्रभावकारी रहेको मन्त्री खड्काले बताए । उनले सुदूरपश्चिममा कोरोना संक्रमण तथा रोकथाम तथा उपचारका लागि सुरुवाति चरण भन्दा हहिले धेरै उपलब्धी भएको समेत बताए । सुरुवाती चरणमा परिक्षण गर्ने ल्याब समेत नभएको स्मरण गर्दै मन्त्री खड्काले अहिले त्यसको तुलनामा धेरै उपलब्धी भएपनि त्यो प्रयाप्त नभएको बताए ।

उद्घाटन शत्र समापन गर्दै प्रादेशिक आयुवेदिक चिकित्सालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बमले स्वयंसेविका मार्फत समुदायमा आयुर्वेदिक औषधी प्रणाली र औषधीय गुण भएका जडिबुटीको जानकारी दिने उद्देश्यले तालिम प्रदान गरिएको बताए । उनले आयुर्वेदिक औषधीको उपयोगले दिर्घ रोगलाई समेत निर्मुल पार्न सकिने बताए ।

हामी संग समुदाय स्तर सम्म आयुवेर्दिक सेवा सम्बन्धी जानकारी दिने संयन्त्रको अभाव छ, जस्का कारण समुदाय स्तरमा हामीले यो सेवाको बारेमा अझै जानकारी दनि सकेका छैनौं, बमले भने, ‘त्यो काम स्वयंसेविकाले गर्न सक्छन् भन्ने विश्वासका साथ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

उनले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि पनि आयुर्वेदिक औषधी धेरै प्रभावकारी रहेको बताए । तर समुदाय स्तरसम्म त्यसबारेमा जानकारी दिन नसक्दा धेरै मानिसले आयुर्वेदिक औषधी सेवन गर्न नपाएको उनले बताए ।

आयुर्वेदिक चिकित्सालयका वैद्ये निरिक्षक सुरेन्द्र शाहीले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ कविराज निरिक्षक गजेन्द्र प्रसाद कुशवाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

अभिमुखिकरण कार्यक्रममा बरिष्ठ कविराज निरिक्षक गजेन्द्र प्रसाद कुशवाह, डाक्टर चेतराज जोशी, धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरिक्षक केष्ण बोहरा, प्रादेशिक आयुवेर्दिक चिकित्सालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बमले प्रशिक्षण गरेका थिए ।