धनगढी पोष्ट
बिहिबार, ०६ माघ २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९३ जनाको स्वावको नमूना परीक्षण गर्दा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा अहिले १३ जना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् ।