धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

लागु औषधी कारोवार भएको भन्दै मोबाइल ग्यालरी छिरेका प्रहरीद्ववार मोबाईल चोरेको आरोप

लागु औषधी कारोवार भएको भन्दै मोबाइल ग्यालरी छिरेका प्रहरीद्ववार मोबाईल चोरेको आरोप

धनगढी । धनगढीमा लागु औषध कारोवार भएको बारेमा छानविन गर्दै भन्दै मोबाइल ग्यालरीमा छिरेका प्रहरीले ग्यालरीबाट दुई मोबाईल चोरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाले मोबाइल चोरेको आरोप लागेको हो । उनिहरुले धनगढी ट्राफिक चौराह स्थित ग्लोबल मोबाईल ग्यालरीबाट दुई सेट मोबाईल चोरेको आरोप लागेको हो । आरोपित दुवै जनालाई प्रहरीले हिरासतमा राखेर छानविन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दुबै जनालाई हिरातसमा राखेर छानविन थालिएको बताए । सो मोबाईल ग्यालरीमा लागु औषधको कारोवार पनि भएको पाइएको छ, प्रहरी प्रबक्ता जोशीले भने, ‘सोही अनुसन्धानका लागि प्रहरीलाई त्यहाँ पठाइएको हो, मोबाईल चोरी गरेको आरोप लागेपछि दुवैजनालाई हिरासतमा राखेर छप छानविन भइरहेको छ ।

उनका अनुसार सो मोबाइल ग्यालोरीबाट लागु औषध सेवन गर्दै गरेका तीन जनालाई पक्राउ समेत गरिएको छ । पक्राउ पर्नेमा धनगढी५ का दोर्णबहादुर रावल, वडा नम्बर २ का टेक बिष्ट र वडा नम्बर ४ का मनिष भण्डारी रहेका छन् । उनिहरुका साथबाट १ ग्राम ५ सय ५० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रबक्ता जोहीले बताए ।