धनगढी पोष्ट
शुक्रबार, ०७ माघ २०७८ मा प्रकाशित
धनगढी । कैलालीमा आजदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरिएको छ । गृह मन्त्रालयको निर्णय बमोजिम सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिले कोरोनाको नयाँ भेरियन्ट सहितको संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिक स्थानहरु कार्यलय, होटल, रेष्टुरेन्ट, रंगशाला आदि ठाउँमा जाँदा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य गरेको प्रासनद्वारा जारी सूचनामा उल्लेख छ ।
यस्तै मास्कको प्रयोग पनि अनिवार्य गरिएको छ। खोपकार्डको मोबाइलमा फोटो भएपनि हुने जनाइएको छ । योसँगै कैलालीमा अब खोपकार्ड हेरेर मात्र सेवा दिइने भएको छ ।