धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातको सम्भावना

धनगढी । सुदूरपश्चिम लगायत देशभर बर्षा र हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाँशाखा काठमाण्डौले जनाएको छ । 

देशमा फेरी पश्चिमी वायु सक्रिय भएका कारण उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनका साथै अन्य स्थानमा बर्षा हुने अनुमान गरिएको मौसम विदले जनाएका छन् ।

बर्षा र हिमपातका कारण चिसो बढ्ने भन्दै मौसम विदले आइतबार सम्म सावधानी अपनाउन अपिल समेत गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकीबागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको  जनाइएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमालीूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार पनि देशभर सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहने जनाइएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।