धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

सेतीको परिक्षणमा १७६ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा १७६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा शनिबार थप १ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा २ सय ८२ जनाको स्वावको नमूना परिक्षण गरिएकोमा १ सय ७६ जनामा संक्रमण पुष्टि हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार शनिबार सम्म अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये २ जना को आइसियुमा उपचार भईरहेको छ । अस्पतालमा उपचाररत १ जना शनिबार संक्रमण मुक्त भएर घर गएका छन्, भने ६ जना अस्पताल भर्ना भएका सूचना अधिकारी श्रेष्ठले बताए ।

सूचाना अधिकारी श्रेष्ठका अनुसार शनिबार सेती अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका२ का ५२ वर्षीया पुरुष रहेका छन् ।