धनगढी पोष्ट
आइतबार, ०९ माघ २०७८ मा प्रकाशित
धनगढी । कर्मचारीमा कोरोना संक्रमण भएपछि डोटीको बडिकेदार गाउँपालिको सेवा प्रभावित बनेको छ ।
बडिकेदारमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको छ । कामका लागि भारत गएका नागरिक धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट बढीजसो कोरोना जोखिम बढ्न थालेको जनाइएको छ । स्वदेश फर्किएकाहरूलाइ अनिवार्य कोरोना परीक्षण गर्न पालिकाले आग्रह गरेको छ । डोटीमा आइतबार सम्म १ सय ११ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।