धनगढी पोष्ट
आइतबार, ०९ माघ २०७८ मा प्रकाशित
धनगढी । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ ।
आइतबार सूचना जारी गर्दै नगर प्रसासनले अत्यावशयक काम बाहेकका सेवा एक साथाका लागि बन्द गरिएको उल्लेख गरेको छ । नगरपालिकाका अधिकाँस कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । सरसफाई ,स्वास्थ्य र दमकल लगाएतका अति आबश्यकिय सेवा भने सो अवधीमा पनि सुचारु रहने सुचनामा उल्लेख छ ।