धनगढी पोष्ट
मङ्गलबार, ११ माघ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका ४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण भएको पुष्टि भएको छ ।
१६ दिन अघि गौरिफन्टा नाका हुँदै भारतबाट नेपाल आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । थप परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव पठाइएकोमा आज मात्रै ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एक÷एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण संक्रमण पुष्टि भएको हो । कार्कीका अनुसार कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।
चारै जनाको अहिले खोजि भइरहेको प्रबक्ता कार्कीले बताए । ‘गौरिफण्न्टा नाकामा १६ दिन अघि कोरोना पुष्टि भएका उनिहरुले होम आइसोलेसन रोजेपछि घर जान दिइएको थियो,’ उनले भने, ‘तर उनिहरु अहिले कुन अवस्थामा कहाँ छन् भन्ने एकिन छैन, स्थानीय तहको समन्वयमा खोजिकार्य भइरसहेको छ ।’