धनगढी पोष्ट
बिहिबार, १३ माघ २०७८ मा प्रकाशित
धनगढी । बाजुरामा नगरभसाले गरेका निर्णय पुष्तिका च्यात्ने वडा अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेम बाजुराको त्रिवेणी नगरपालिका– ७ का अध्यक्ष प्रेमबहादुर थापा रहेका छन् । माघ १० गते बसेको नगरसभाको निर्णय पुष्तिका च्यातेको आरोप सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि शाहले वडा अध्यक्षका नाममा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा वडा अध्यक्षलाई पक्राउ गरिएको प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए । उनिसंगै उजुरी परेका अर्का वडाध्यक्ष वीरबहादुर विष्ट भने अझै फरार रहेको प्रहरी निरिक्षक जोशीले बताए । नगर सभामा एकलौटी निर्णय भएकोले माइन्युट च्यात्नुपरेको वडा अध्यक्षले जवाफ दिएका छन् ।