धनगढी पोष्ट
शुक्रबार, १४ माघ २०७८ मा प्रकाशित
धनगढी । डोटी स्थित जिल्ला अस्पतालमा कार्यरत एक जना कार्यालय सहयोगी मृत भेटिएका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोलाका ४५ वर्षीय भक्त कोली मृत फेला परेको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटले बताए ।
अस्पतालमा शव पोस्टमार्टम गर्दा चिरफारको काम गर्दै आएका उनी मुख्य सडकबाट जिल्ला अस्पताल जाने बाटोको चोकमा मृत फेला परेका हुन् ।