धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

दार्चुलामा हिमपातका कारण जनजीवन कष्टकर

दार्चुलामा हिमपातका कारण जनजीवन कष्टकर

धनगढी । दार्चुलाको हिमाली क्षेत्रमा लगातार दुई दिन सम्म हिमपात हुँदा जनजीन कष्टकर बनेको छ । जिल्ला स्थित व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । हिमपातका कारण पानी समेत नपाइने अवस्थ ाबनेपछि जनजीवन कष्टकर बनेको एक सुरक्षाकर्मीले बताए ।
‘सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सक्ने अवस्थामा छैन,’ ती सुरक्षा अधिकधारीले भने, ‘हिउँ पगालेर त्यसको पानी खानु पर्ने बाध्यता छ, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पूरै वरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाउँदै पिउँछौँ ।’ हिमपातका कारण चिसो अत्यधिक बढेको बताउँदै उनले आगोको भरमा रातदिन बस्नुपरिरहेको बताए । 
अहिले सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदारमात्रै छन् । पहिल्यैकै हिउँ पग्लिएको थिएन, थप हिउँ परेपछि जाडो ह्वात्तै बढेको छ । गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ ।

अहिले सशस्त्र बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किलको अवस्था आएको बताइएको छ । यस क्षेत्रमा गत वर्षदेखि सशस्त्र प्रहरी बाह्रैमास बस्न थालेको हो । गत वर्ष पनि यो क्षेत्रमा सशस्त्र प्रहरीले हिउँ पग्लाएरै पानीको प्रयोग गर्नुपरेको थियो ।