धनगढी पोष्ट
शनिबार, १५ माघ २०७८ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारण उदयदेव बहुदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दको अध्यक्षतामा नया कार्यसमिति चयन गर्दै शनिबार धनगढीमा सम्पन्न भएको छ ।
निर्विरोध चयन भएको कार्यसमितिको उपाध्यक्ष डम्बर बहादुर शाह, महासचिव मनमोहन बिष्ट, सचिव प्रेम सिंह भाट र कोषाध्यक्ष शान्ति सिंह रहेका छन् ।
त्यस्तै सदस्यमा दान बहादुर रावल, मोहन बहादुर चन्द, सुरेन्द्र के सी, पुष्पराज भट्ट, लक्ष्मी बिनाडी, जगतराम चौधरी र ठक्कर बहादुर कठायत चयन भएका छन् ।
तदर्थ समितिका अध्यक्ष डा. गोविन्दराज जोशीको अध्यक्षता भएको उक्त कार्यक्रममा नेफस्कुनका केन्द्रिय सदस्य माधवराज जोशी, प्रेम सिंह भाट, शान्ति सिंह र गणेश बहादुर चन्दले आफ्नो मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन संघका महासचिव मनमोहन बिष्टले गरेका थिए ।
सहकारी संस्था र संस्थाका सदस्यहरुले उत्पादन गरेका बस्तुहरु खरिद गरेर उपभोक्तालाई सहुलयित रुपमा उपलव्ध गराउने, सुपथ मुल्य पसलहरु संचालन गर्ने लगायतका काम गर्ने उदेश्यले सहकारीहरु मिलेर संघको स्थापना गरिएको हो ।