धनगढी पोष्ट
आइतबार, १६ माघ २०७८ मा प्रकाशित
धनगढी । कैलालीको मोशन्याल गाउँपालिकाबाट ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा १४ बर्षिय किशोर पक्राउ परेका छन् ।
मोहन्याल गाउँपालिका ७ स्थित ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्दै बालिकाको परिवारले शनिबार साँझ प्रहरी समक्ष जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालिका बलात्कृतको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन् । अहिले बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।