धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

जताततै कोरोना जस्तै लक्ष्ण देखिने विरामी, छैन सावधानी

जताततै कोरोना जस्तै लक्ष्ण देखिने विरामी, छैन सावधानी

धनगढी । कैलालीमा कोरोना जस्तै लक्षण् देखिने विरामीको संख्या ह्वात्तै बढेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने र शरीका जोनी दुख्ने विरामी जताततै भेटिने गरेका भएपनि सावधानी अपनाइएको छैन ।

कोरोना जसतै लक्षण भएका विरामी घरघरमै हुँदा रोगको परिक्षण भने न्यूनन मात्रै हुनेगरेको छ । सेती अस्पतालले सार्वजनिक गर्ने दैनिक परिक्षण दर अनुसार कैलालीमा दैनिक दुई सय हाराहारीमा मात्रै कोरोना परिक्षण हुने गरेको छ । कोरोना परिक्षणका लागि अस्पताल पुग्ने मध्य ६० प्रतिशत भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । तर गाउँ, टोलमा बस्ने अधिकांस मानिस भने मौसमी रुघाखोकी भन्दै स्वास्थ्य परिक्षण गराउँदैनन् ।

अस्पताल गए रुघाखोकीलाई पनि कोरोना देखाइहाल्छन्, धनगढी२ का स्थानीय करन कुवरले भने, ‘तर यो एक दुई दिन घरमै बस्दा आफै निको हुने मौसमी ज्वरो हो, अहिले जताततै फैलिएको छ, तर अस्पताल सम्म टोलका कोही गएका छैनन् । उनले घरघरमै अहिले मौसमी ज्वरोका विरामी रहेका बताए । बालक देखि वृद्धवृदा सवैमा अहिले मौसमी ज्वरो आएको छ, उनले भने, ‘सवै घरमै निको भइरहेका छन् ।

धनगढी१२ का स्थानीय केशव मिश्रले पनि वडामा मौसमी रुघाखोकी फैलिएको बताए । घरघरमै मौसमी ज्वरोका विरामी छन्, उनले भने, ‘एक दुई जनालाई बढी भएर अस्पताल जाँदा कोरोना देखायो, त्यसको डरले अरु व्यक्ति अस्पताल गइरहेका छैनन्, विरामी पर्ने सवै घरमै निको भइरहेका छन् । ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल गएका एक दुई जनामा कोरोना पोजेटिभ आएको उनले बताए । एक दुई जनामा कोरोना पोजेटिभ आएको भन्ने सुन्दा गाउँमा त्रास छाएको बताउँदै उनले पछिल्लो समय त्यस्तै प्रकृतिका विरामी  घरघरमै रहेपनि चेकगराउन भने कोही नगएको उनले बताए । कोरोना पोजेटिभ देखाउँदा सवै डराउने र गाउँमा हिडडुल गर्न पनि संक्रमितलाई समस्या हुने गरेको थियो, उनले भने, ‘जस्का कारण अहिले रोगलागेर पनि अस्पताल कोही गएका छैनन, तर सवै विरामीमा लक्ष्यण भने कोरोना जस्तै देखापर्ने गरेका छन् ।

गाउँभरी विरामी बढेपनि सावधानी भने कसैले नअपनाएको धनगढी४ का स्थानीय बिरेन्द्र ऐरी बताउँछन् । पछिल्लो समय घरघरमा कोरोना जस्तै लक्ष्यण भएका विरामी रहेपनि त्यसलाई कसैले गम्भिर रुपमा नलगेको र सावधानी पनि नअपनाइएको उनले बताए ।

विरामी हुने सवै चिसो लागेर होला, ठिक भैहाल्छ, भन्दै अस्पताल पनि जादैनन्, उनले भने नत सावधानी नै अपनाइएको छ, रोगिहरु पनि विना मास्क समाजमा हिडिरहन्छन्, सवैले स्वास्थ्य परिक्षण गराएमा कोरोना संक्रिमतको संख्या बढ्न सक्द छ ।

स्वास्थ्यकर्मीले भने रोग नलुकाउन र रोग लागेमा अनिवार्य स्वास्थ्य परिक्षण गर्न सुझाएका छन् । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ, धनगढी स्थित सेती प्रादेशिक अस्पतालका बरिष्ठ जनरल फजिसिय डाक्टर शेरबहादुर कमरले भने, ‘यस्तावेला संकास्पद सवै व्यक्तिले स्वास्थ्य परिक्षण गराउनु उपुयुक्त हुन्छ, लापर्वाहीले स्वास्थ्यमा गम्भिर असर हुन सक्द छ । उनले कोरोनालाई सामान्य रुपमा नलग्न समेत आग्रह गरेका छन् । ज्वरो आउने र ठिक भएपछि सवै ठिक भइहाल्यो भन्ने भ्रम हुन सक्द छ, उनले भने, ‘तर कोरोनाले ज्वरो निको भएपछि पनि असर गरिरहेको हुन्छ, यसको मानसिक असर रोक्न सवैले स्वास्थ्य परिक्षण गर्ने र स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी सेवन गर्नुनै उपयुक्त हुन्छ । 

उनले कोरोना संक्रमण पुष्टि भएकाहरु अस्पतालको आइसोलेसनमा बस्न नमान्ने गरेको बताए । कोरोना संक्रमित भएका व्यक्तिहरुपनि सकभर होमआइसोलेसनमै बस्छु भन्छन्, उनले भने, ‘उनीहरुबाट कोरोना संक्रमण बढ्ने खतर बढी हुन्छ ।

कोरोनाको संक्रमण दर बढेपनि नागरिकले भने स्वास्थ्यका मापदण्ड नअपनाएको उनले बताए । बजारमा विना मास्क डुलिरहेका छन्, उनले भने, ‘भिडभाड हुने कार्यक्रम भइरहेकै छन्, धेरैले कोरोना खोप लगाएकाले जटिल खालको समस्या नदेखिएको हो ।