धनगढी पोष्ट
सोमबार, १७ माघ २०७८ मा प्रकाशित
धनगढी । कैलालीमा सोमबारदेखि बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरिएको छ । १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कैलालीमा सोमबारदेखि कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाइने भएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख लालबहादुर धामीले विभिन्न पालिकामार्फत बिद्यालयमा खोप उपलब्ध गराई माघ १७ गतेदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाइने बताए ।
खोप लाउने उमेर समुहका सबै बालबालिकालाई खोप लगाउने लक्ष्य अनुरुप उक्त उमेर समूहका बालबालिकालाई आफू अध्ययनरत विद्यालयमा उपस्थित भै सवैलाई खोप लगाउन उनले आग्रह गरेका छन् ।