धनगढी पोष्ट
मङ्गलबार, १८ माघ २०७८ मा प्रकाशित
धनगढी । कैलालीमा अवैध रुपवमा घरमा भित्र्याइएको २१ क्यूफिट सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार राति ९ बजेतिर घोडाघोडी नगरपालिका– ५ सरैयाका प्रेम चौधरीको घर आंगनबाट काठ बरामद गरिएको हो ।
तोरीको भुसाभित्र लुकाएर राखिएको अवस्थामा सालका २१ क्युफिट काठ बरामद गरी आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय पहलमानपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।