धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

महाँकाली सिंचाई अन्तरगत २२ शाखा निर्माण गरिने

महाँकाली सिंचाई अन्तरगत २२ शाखा निर्माण गरिने

धनगढी । कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा थप २२ वटा शाखा नहर निर्माणको तयारी थालिएको छ ।

मुल नहर निमार्ण सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी ५० किलोमिटर लामो शाखा नहर निमार्णका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले बताए । करिब १३ किलोमिटर मुल नहर निमार्ण सकिए पनि आयोजनाअन्तर्गत बाँकी १५ किलोमिटर मुल नहर निमार्णाधीन अवस्थामै छ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणमा शाखा नहर निर्माणको तयारी तीव्र पारेको उनले बताए । शाखा नहर निमार्णका लागि योजना बनाउँदै छौँ, पण्डितले भने, ‘आगामी फागुनभित्र शाखा नहर निमार्णको ठेक्का आह्वान गर्ने तयारी छ । भारतले महाकाली नदीदेखि नेपालभारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ । महाकाली सन्धीअनुसार भारतले नेपालको सीमासम्म यहाँ एक हजार दुई सय मिटर मूल नहर र हेडरेगुलेटर लगायतका संरचना बनाउनुपर्ने हुन्छ । सोही अनुसार भारतले नहर निमार्ण लगभग अन्तिम चरणमा पुर्याएको इन्जिनियर पण्डितको भनाइ छ ।

आयोजनाले नेपालभारत सीमा क्षेत्रमा नेपालतर्फ करिब दुई सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ । सो नहर भीमदत्त नगरपालिका९ ब्रह्मदेव क्षेत्रमा पर्छ । शून्य बिन्दुदेखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको काम समेत अघि बढेको छ । निमार्णाधीन १५ किलोमिटर मूल नहर बीचमा जग्गा मुआब्जा र सामुदायिक वनमा रुख कटानका कारण ढिलाइ भएको उनले बताए ।