धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

धनगढीमा विद्यार्थी र प्रहरी विच झडप

धनगढीमा विद्यार्थी र प्रहरी विच झडप

धनगढी । पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरी विच कैलालीको धनगढीमा झडप भएको छ ।

बुधबार अनेरा स्ववियु र राष्ट्रिय युवा संघले संयुक्त रुपमा आयोजना गरेको बिरोध ¥याली  धनगढी स्थित सुदूरपश्चिम प्रदेश मुख्यन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर रोकिएको थियो । मुख्यमन्त्री कार्यालय अगाडी विद्यार्थीले राके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्न खोज्दा झडप भएको हो । प्रहरीले लाठी चार्ज गरेपछि विद्यार्थीले ढुंगा हानेका थिए । आन्दोलनरत विद्यार्थीले प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरिक्षक गौरि जैशी र एक जना प्रहरी जवान सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता वेदप्रकाश जोशीले बताए । अहिले भने स्थिती सामान्य बनेको उनले बताए ।

अनेरास्ववियुकी केन्द्रिय सचिवालय सदस्य रक्षा बमले एक सातामै दुई पटक पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएको बताइन् । सरकारले जनतालाई महंगिको मारमा पारेपछि त्यसको शान्तिपुर्ण तरिकाले विरोध गर्न खोज्दा प्रहरीले दमन गरेको र प्रतिकार गर्न खोज्दा झडपको स्थिती बनेको उनले बताइन् ।

जनतालाई महंगीको मारमा पर्ने काम गरेपछि अनेरा स्ववियु र युवा संघले त्यसोका शान्तिपूर्ण रुपमा बिरोध गरेको हो, उनले भनिन्, ‘तर प्रहरीले शान्तिपुर्ण आन्दोलनमा पनि दमन गरेर लाठी चार्ज गरेपछि हामी त्यसको प्रतिकार गर्न बाध्य भएका हौं ।

प्रहरीको लाठी चार्ज पछि विद्यार्थीले मुख्य मन्त्री राजीनामा दे, प्रधानमन्त्री मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्तागर भन्दै नाराबाजी गरेका थिए ।