धनगढी पोष्ट
शुक्रबार, २१ माघ २०७८ मा प्रकाशित
धनगढी । कोरोना संक्रमणका कारण नेपालमा शुक्रबार थप १६ जनाको मृत्यु भएको छ, भने थप २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो । ६ हजार ६ सय ५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६ सय २ र चार हजार ४ सय १८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार देशभरका ८ हजार ४ सय २५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४ सय ५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३ सय ६७ जना संस्थागत आइसोलेसनमा छन् ।
उनीहरुमध्ये २ सय ४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाउको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९७ हजार ५ सय ८९ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ । भने ८ लाख ९५ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।