धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

हिमपातले अबरुद्ध बनेको जयपृथ्वी राजमार्ग अझै खुलेन

हिमपातले अबरुद्ध बनेको जयपृथ्वी राजमार्ग अझै खुलेन

धनगढी । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध भएको बैतडीबझाङ जोड्ने जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन । तीन दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग बाक्लो हिमपातका कारण खुल्न नसकेको हो ।

खोड्पे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि राजमार्ग अवरुद्ध भएको थियो । तीन दिन देखि राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारी बाटोमै रोकिएका छन् । सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।

प्रहरीले भने राजमार्ग खुलाउन प्रयास भइरहेको बताएको छ । यस्तै सुदूरपश्चिमका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्ग पनि खुल्न सकेको छैन । सो राजमार्ग पनि खुलाउन प्रयास भइरहेको जनाइएको छ ।