धनगढी पोष्ट
शनिबार, २२ माघ २०७८ मा प्रकाशित
धनगढी । नेपाल विद्यार्थी संघ त्रिवि इकाई कमिटिले पेट्रोलियम पदार्थमा गरिएको मुल्य विद्धि खारिजिको माग गरेको छ ।
त्रिवि इकाई कमिटिका कार्यवाहक सभापति गणेश भण्डारीको नेतृत्वमा नेवि संघले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि खारिज गरिनुपर्ने, त्रिविका नालाकय पदाधिकारीलाई ततल बर्खात गरिनु पर्ने, स्ववियु निर्वाचन तत्काल घोषणा गरिनुपर्ने, त्रिविमा भइरहेको कम्युनिष्टकरण बन्द गरिनु पर्ने, त्रिबिको क्यालेण्डर अनुसार भर्ना गरिनुपर्ने, परिक्षाको नतिजा एक महिनाभित्र शुनिश्चित गर भन्दै नाराबाजी गरेका थिए ।
त्रिबिका उप कुलपतिको कार्यालय कृतिपुर अगाडी बिरोध ¥यालीको आयोजना गरेको नेविसंघले टायर समेत बालेको थियो ।