धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक

हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक

धनगढी । सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन् । बिहीबार देखि भएको हिमपात पछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन् ।

हिउँको दृश्य अबलोकन गर्न पहाड चढेको धनगढीका शमिर भण्डारीले बताए । मैले अहिले सम हिउँमा खेल्न पाएको थिएन, उनले भने, ‘यस बर्ष हिँउ खेल्न पहाड चढेको हुँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका३ का योगेन्द्र जोशीले पनि हिँउ खेल्न साथि संग पहाड चढेको बताए । तराईमा हिँउ पर्दैन, उनले भने, ‘त्यसैले हिउँ खेल्न पहाड चढेका हौं, यहाँको दुश्य निकै सुन्दर छ ।

हिमपातको दृश्य अवलोकन गर्दै कैलाली संग सीमाना जोडिएको डोटीको गैरा सम्म जानु पर्दछ । भीमदत्त राजमार्ग हुँदै कैलालीबाट गैरा सम्म पुग्न निजी सवारीमा दुई घण्टा लाग्ने गर्दछ । हिँउको दृश्य अबलोकन गर्न र हिउँ संग खेल्न चिसोको प्रवाह नगरी कैलाली कञ्चनपुरका हजारौं मानिस गैरा सम्म पुगेका छन् ।

तराईबाट हिँउ खेल्न मानिसहरु पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ । हिउँमा खेल्न आएका मानिसहरुले केहीन केही खानेकुरा किनेर खाने गर्दछन् गैराका स्थानीय व्यवसायी प्रमे बोहराले भने, ‘जसका कारण यहाँको व्यापार बढेको छ । हिउँ खेलेपछि मानिसहरु खाजाका लागि प्राय होटलमा छिर्ने गरेको भन्दै उनले हिँमपातका कारण स्थानीय होटेल व्यवसायीलाई बढी फाइदा भएको बताए ।