धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

तीन दिन सम्म खुलेन बझाङ जोड्ने यातायात

तीन दिन सम्म खुलेन बझाङ जोड्ने यातायात

धनगढी । हिमपात भएको तीन दिन सम्म पनि बझाङको यातायात सुचारु हुन सकेको छैन । बैतडीको बाजपानीश्रीभावर क्षेत्रमा परेको बाक्लो हिँउ पञ्चाउन ढीलाई हुँदा सयौं यात्रु अलपत्र परेका छन् । तराईबाट बझाङका लागि छुटेका र बझाङबाट तराईका लागि छुटेका सार्वजनिक सवारी बाटोमा अलपत्र परेका छन्, यात्रु शुलोचना जोशीले भनिन्, ‘खाने व्ययस्था नहुँदा धेरै समस्या भइरहेको छ, उपचारका लागि आएका विरामी झनै समस्यामा परेका छन् ।

उनले आइतबार सम्म पनि यातायात सुचारु गराउन कसैले चासो नदिएको बताइन् । राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । सो सडक खण्डको हिँउ पञ्छाउन दुई जेबिी प्रयोग गरिएको उनले बताए । तर बाक्लो हिँउ जमेका कारण सडक सुचारु गर्न समय लागेको उनले बताए । उनले आज दिउँसो पछि सडक सुचारु हुन सक्ने बताए ।