धनगढी पोष्ट
बिहिबार, १८ असार २०७७ मा प्रकाशित
धनगढी,
देशका ७७ वटै जिल्ला मध्ये बढी संक्रमित पुष्टी हुने जिल्लामा कैलाली दोश्रो नम्बरमा परेको छ । बिहीवार एकै दिन १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको कुल संख्या ८ सय ७४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार देशभरिमा सबै भन्दा बढी कोरोना संक्रमित १ हजार ३ शय २६ जना रौतहटमा छन् । यसअघि कर्णाली प्रदेशको दैलेखमा दोश्रो सबै भन्दा बढी ७ सय ८४ जना संक्रमित रहेका थिए । तर कैलालीमा एकै दिन १ सय ८४ जनामा संक्रमण पुष्टी भएपछि दैलेखलाई उछिन्दै कैलाली सवै भन्दा दोश्रो बढी कोरोना संक्रमित भएको जिल्ला बनेको हो ।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगयशालामा गरिएको परिक्षणमा कैलालीमा ४० महिला र एक सय २५ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । यसैगरी धनगढीमा गरिएको परिक्षणमा कैलालीका १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो । योसंगै कैलालीमा संक्रमितको सङख्या ८ सय ७४ पुगेको छ ।